Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, स्याङ्जा

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, स्याङ्जा

मंगलवार, भाद्र ९, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

नेपाली नागरिकता सम्बन्धी

१. वंशजको आधारमा नागरिकता प्राप्त गर्न के कस्ता कागजातहरु आवश्यक पर्दछन् ?

  • बुबाको नागरिकता 
  • आमाको नागरिकता
  • जन्म दर्ता
  • शैक्षिक प्रमाणपत्र 
  • विवाहित महिलाको हकमा पतिको नागरिकता र विवाह दर्ता समेत । 
  • अनुसूची -1 बमोजिमको वार्ड सिफारिस
  • सनाखत गर्ने व्यक्तिको नागरिकता 

माथि उल्लेखित कागजातहरुको सक्कल र फोटोकपी दुवै प्रति।

२. पितृत्व नखुलेको अवस्थामा कस्तो प्रकारको नागरिकता प्राप्त गर्न सकिन्छ ?

  • पितृत्व नखुलेको अवस्थामा पनि यदि नेपाली आमाबाट जन्मेको नागरिकलाई वंशजको नागरिकता प्रदान गरिन्छ ।

. पिता विदेशी आमा नेपाली भए कस्तो नागरिकता प्रदान गरिन्छ ?

  • पिता विदेशी र आमा नेपाली नागरिक भएमा अंगिकृ नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरिन्छ।

४. आमा विदेशी र पिता नेपाली नागरिक भएमा कस्तो नागरिकता प्रदान गरिन्छ ?

  • पिता नेपाली र आमा विदेशी भएमा निजका सन्तानले वंशजको नाताले नागरिकता प्राप्त गर्दछन् ।

५. विदेशी महिलाले नेपाली नागरिकसँग विवाह गरेको अवस्थामा कस्तो प्रकारको नागरिकता प्राप्त गर्दछिन् ?

  • नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलाले वैवाहिक अंगिकृत नागरिकता प्राप्त गर्दछिन ।

. वैवाहिक अंगिकृत नागरिकता र अंगिकृत नागरिकता प्राप्त गर्न कुन अनुसूची भर्नुपर्दछ ?

  • अंगिकृत नागरिकता वा वैवाहिक अंगिकृत नागरिकता दुवैका लागि अनुसूची -7 भरी सिफारिस पेश गर्नुपर्दछ ।

. नेपाली नागरिकता परित्याग गर्न कुन कुन कागजात प्रयोग गर्नुपर्छ ?

  • अनुसूची -9 बमोजिमको फाराम भरी निवेदन दिनुपर्दछ ।
  • विदेशी मुलुकको नागरिकता र राहदानी ।
  • नेपालबाट प्राप्त गरेको सक्कलै नेपाली नागरिकता । 

८. गैह्र आवासीय नागरिकता प्राप्त गर्न के के कागजात चाहिन्छ ?

  • सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट नेपाली नागरिकता परित्याग गरेको निस्सा ।
  • वार्ड सिफारिस ।
  • विदेशी मुलुकको राहदानी ।
  • विदेशी मुलुकको नागरिकता ।
  • सनाखत गर्नेको नागरिकता ।

९. वैवाहिक अंगिकृत नागरिकता प्राप्त गर्न के के कागजातहरु चाहिन्छ ?

  • सम्बन्धित वार्डको अनुसूची ७ बमोजिमको नागरिकता
  • पतिको नागरिकता
  • विवाह दर्ता
  • विदेशी नागरिकता परित्याग गर्न प्रकृया चलाएको निस्सा ।
  • विदेशी नागरिकता परित्याग गर्न प्रकृया चलाएको निस्सा भारतीय डिस्ट्रिक्ट मेजिस्ट्रेडलाई पठाएको हुलाक रजिस्ट्री गरेको सक्कलै हुलाक टिकट ।

१०. विवाह दर्ता अनुसार नागरिकता संशोधन गर्न के के कागजातहरु आवश्यक हुन्छ ?

  • विवाह दर्ता ।
  • माइतीबाट लिएको सक्कल नागरिकता ।
  • वार्ड सिफारिस ।
  • पतिको नागरिकता
  •  सनाखत गर्न आउने एकाघरका व्यक्तिको नागरिकता

११. बसाईसराई अनुसार नागरिकता संशोधन गर्न के के कागजातहरु आवश्यक हुन्छ ?

  • बसाईसराई प्रमाणपत्र ।
  • वार्ड सिफारिस ।
  • सक्कल नागरिकता ।


पछिल्लो अपडेट गरिएको : 2083-05-08 09:47:13

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, स्याङ्जा