नयाँ नागरिकता शाखा
नयाँ नागरिकता शाखा : काेठा नं. १०१
| क्र.सं. | सेवाकाे विवरण | आवश्यक कागजपत्र | लाग्ने शुल्क | लाग्ने समय | जिम्मेवार कर्मचारी वा शाखा | गुनासाे सुन्ने कर्मचारी | कैफियत |
| १. | वंशजकाे नाताले दिइने नागरिकता सम्बन्धी | १. अनुसूची -१ अनुसारको वडा सिफारिस २. आमा /बुबाको नागरिकताको फोटोकपी र सक्कल ३. जन्म दर्ता फोटोकपी र सक्कल ४. शैक्षिक प्रमाणपत्रको फोटोकपी र सक्कल ५. सनाखत गर्न आउने व्यक्तिको नागरिकताको फोटोकपी र सक्कल ६. हालसम्म नागरिकता प्राप्त नगरेकी विवाहित महिलाको हकमा विवाह दर्ता प्रमााणपत्रको फोटोकपी र सक्कल ७. पतिको नागरिकताको फोटोकपी र सक्कल ९. बसाईं सरी आउनेको हकमा बसाईसराई प्रमाणपत्रको फोटोकपी र सक्कल, जग्गाधनी प्रमाणपत्रको फोटोकपी र सक्कल | रु १० काे टिकट | प्रमाण पुगेकै दिन | प्रशासकीय अधिकृत | प्र.जि.अ. | व्यक्ति र प्रमाणका सम्बन्धमा थप बुझ्नुपर्ने देखिएमा प्रहरी सर्जमिन गरिने । |
| १.१ | वैवाहिक अंगिकृत नागरिकता (महिलाका लागि) | १. अनुसूची- ७ बमोजिमको वार्डको सिफारिस, २. पतिको नागरिकता, ३. विवाह दर्ता, ४. नेपालको भिसा आवश्यक पर्ने विदेशी मुलुकको नागरिक भए त्यस्तो भिसाको म्याद कायम रहेको निस्सा ५. जन्म देशको परिचय खुल्ने कागज प्रमाण ६. विदेशको नागरिकता परित्याग गर्न प्रकृया चलाएको निस्सा | रु १० काे टिकट | प्रमाण पुगकै दिन । | प्रशासकीय अधिकृत | प्र.जि.अ. | व्यक्ति र प्रमाणका सम्बन्धमा थप बुझ्नुपर्ने देखिएमा प्रहरी सर्जमिन गरिने । |
| १.२ | कर्मचारी परिवारका लागि | १. अनुसूची १(वंशज) अथवा अनुसूची ७ (वैवाहिक अंगिकृत) सहितकाे स्थानीय वडा कार्यालयकाे सिफारिस । २. जिल्लामा कार्यरत नेपाल सरकारकाे स्थायी कर्मचारी, सरकारी संस्थान, विश्वविद्यालय वा सामुदायिक विद्यालयमा कार्यरत स्थायी कर्मचारी /शिक्षक भएकाे प्रमाण जस्तै परिचय पत्र । २. सम्बन्धित कार्यालयबाट नागरिकताकाे लागि सिफारिस गरेकाे पत्र । ३.अटाे साइजकाे फाेटाे २ प्रति । ४. पति / पिता, बाबुआमाको नागरिकताकाे प्रमाणपत्र । ५. विवाहित महिला भए विवाह दर्ता प्रमाणपत्र । ६.नाता खुल्ने व्यक्ति निजकाे नागरिकता सहित स्वयम् उपस्थित भै सनाखत गर्नुपर्ने । | रु १० काे टिकट | प्रमाण पुगेकै दिन । | प्रशासकीय अधिकृत | प्र.जि.अ. | |
| १.३ | नागरिकता नलिएकी सम्बन्ध विच्छेद भएकी महिलाका लागि । | १. अनुसूची १ बमाेजिमकाे सम्बन्धित वडाकाे सिफारिस । २. बुबा आमाकाे नागरिकताकाे प्रमाणपत्र । ३.साे नभए दाजु वा भाइ वा नजिककाे वंशज खुल्ने व्यक्तिकाे नागरिकताकाे फाेटाेकपी । ४.उपर्युक्त प्रमाणहरु पेश हुन नसकेमा वंशज खुल्ने अन्य प्रमाणहरु जस्तै लालपुर्जा आदि । ५. जन्मदर्ताकाे फाेटाेकपी । ६. अटाे साइजकाे फाेटाे २ प्रति । ७. सम्बन्ध विच्छेद भएकाे अदालतकाे फैसला । ८. सम्बन्धित वडाबाट सम्बन्ध विच्छेद भएकाे घटना दर्ता प्रमाणपत्र । ९. शैक्षिक प्रमाणपत्र । | रु १० काे टिकट | प्रमाण पुगेकै दिन | प्रशासकीय अधिकृत | प्र.जि.अ. | प्रमाण कागजातकाे साथै नाता खुल्ने व्यक्ति स्वयम् उपस्थित भै सनाखत गरिदिनुपर्ने । |
| १.४ | विदेशी नागरिकसँग विवाह गरेकी नेपाली नागरिक महिलाबाट जन्मिएका सन्तानले प्राप्त गर्ने अङ्गीकृत नेपाली नागरिकता सम्बन्धी बडापत्र | १. अनुसूची-७ ख. र नेपालमा स्थायीरुपमा बसोबास गरिरहेको व्यहोरा खुल्ने सम्बन्धित स्थानीय तहको सिफारिस । २. जन्म दर्ता प्रमाणपत्र । २. आमाको नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी । ३. बाबुको नागरिकताको आधारमा कुनै विदेशी मुलुकको नागरिकता नलिएको भनी निज र निजको आमाको अनुसूची-४क. बमोजिमको स्वघोषणा । ४. निवेदन दिँदाका बखत आमाको मृत्यु भएको भए मृत्यु दर्ता र आमाको होसठेगान नभएमा चिकित्सकले प्रमाणित गरिदिएको निस्सा । | |||||
| १.५ | आमा वा बुबाले जन्मको आधारमा नेपाली नागरिकता प्राप्त गरेका सन्ततीले अङ्गीकृत लिन चाहना गरेमाः | जन्म दर्ता प्रमाणपत्र २. बाबु वा आमामध्ये कुनै एकले जन्मको आधारमा प्राप्त गरेको नेपाली नागरिकताको प्रमाणपत्र ३. बाबु वा आमाको मृत्यु भएको भए मृत्यु दर्ता प्रमाणपत्र ४. जन्मस्थान, नाता र निज नेपालमा स्थायी बसोबास गरेको व्यहोरा खुल्ने गरी सम्बन्धित स्थानीय तहले गरिदिएको सिफारिस ५. बाबु वा आमा सम्पर्कविहीन भएको भए सोको व्यहोरा खुल्ने गरी सम्बन्धित स्थानीय तहले गरिदिएको सिफारिस ६. बाबु वा आमाको मृत्यु भएको वा सम्पर्कविहीन भएको भए अनुसूची-७ख. बमोजिमको ढाँचामा निजले प्रमुख जिल्ला अधिकारीसमक्ष गरेको स्वघोषणा । | |||||
| १.६ | नेपालको नागरिक आमाबाट विदेशमा जन्म भई नेपालमा स्थायी बसोबास गरेको, विदेशको नागरिकता वा राहदानी नलिएको र बाबुको पहिचान नभएको १६ वर्ष उमेर पुरा भएको व्यक्तिले अङ्गीकृत नागरिकता लिन चाहेमाः | १. अनुसूची-७ बमोजिमको वार्ड सिफारिस । २. जन्म दर्ता प्रमाणपत्र ३. आमाको नेपाली नागरिकताको प्रमाणपत्र ४. निजको जन्म भएको मुलुक, स्थान र जन्म सम्बन्धी विवरण खुल्ने कागजात ५. नेपालमा स्थायी बसोबास गरेको र निजको बाबुको पहिचान नभएको व्यहोरा खुल्ने गरी सम्बन्धित स्थानीय तहले गरिदिएको सिफारिस ६. विदेशी मुलुकको नागरिकता वा राहदानी नलिएको भनी निजले र निजको आमाले अनुसूची-७क. बमोजिमको ढाँचामा प्रमुख जिल्ला अधिकारीसमक्ष गरेको स्वघोषणा । | |||||
| १.७ | नाबालक परिचयपत्र प्राप्त गर्ने कार्यविधि | १. ताेकिएकाे ढाँचा बमाेजिमकाे निवेदन फाराम र सिफारिस । २. बाबु र आमाकाे सक्कलै नागरिकता र त्यसकाे फाेटाेकपी । ३. आमा बुवाकाे विवाह दर्ता प्रमाणपत्र । ४. बाबु आमासँगकाे नाता प्रमाणित । ५. बच्चाकाे जन्मदर्ता र त्यसकाे फाेटाेकपी । ६. बसाईंसराई गरी आउनेकाे हकमा बसाईंसराईकाे प्रमाणपत्र । ७. कर्मचारी परिवारकाे लागि कार्यरत कार्यालयकाे सिफारिस । ८. बच्चाकाे ३ प्रति पासपाेर्ट साइजकाे फाेटाेकपी । ९. सनाखत गर्नकाे लागि नाता खुल्ने परिवारकाे सदस्य वा नातेदार सक्कलै नागरिकता सहित उपस्थित हुनुपर्नेछ । १०. नाबालिक परिचयपत्र हराई वा झुत्राे भई प्रतिलिपी लिनुपर्ने भएमा सिफारिस सहितकाे निवेदन तथा सक्कलै झुत्राे तथा व्यहाेरा खुल्ने प्रमाण पेश गर्नुपर्नेछ । नोटः नागरिकता प्राप्त गर्ने कार्यविधि नै नाबालक प्रमाणपत्र प्राप्त गर्ने कार्य विधि हो । | |||||
| १.८ | गैह्रआवासीय नागरिकता प्राप्त गर्ने कार्यविधि | १. अनुसूची ८ग. बमोजिमको वार्ड सिफारिस । २. नेपालको नागरिकता परित्याग गरेको निस्सा । ३. बुबा/आमा/हजुरबुबा/हजुरआमा जसको आधारमा गैह्र आवासीय नागरिकता प्राप्त गर्ने हो उसको नागरिकता । ४. विदेशी देशको नागरिकता र पासपोर्ट । ५. सनाखत गर्ने व्यक्तिको नागरिकता । ६. नेपालको संविधानको पालना गर्ने प्रतिवद्धता सहितको अनुसूची अनुसारको स्वघोषणा । |
