प्रतिलिपी नागरिकता शाखा : काेठा नं. १०३
क्र.सं. | सेवा सुविधाकाे विवरण | आवश्यक कागजपत्र | लाग्ने शुल्क | लाग्ने समय | जिम्मेवार कर्मचारी वा शाखा | गुनासाे सुन्ने कर्मचारी | कैफियत |
१. | प्रतिलिपी नागरिकताकाे प्रमाणपत्रका लागि |
१. ताेकिएकाे ढाँचा अनुसारकाे वडाबाट प्रमाणित सिफारिस । २.सक्कल वा झुत्राे भएकाे नागरिकता वा नागरिकता प्रमाणपत्र नम्वर वा जारी मिति खुलेकाे प्रमाण । ३.विवाहित महिलाकाे लागि विवाह दर्ता (पति कायम गर्न ) ४. बसाईंसराई गरी अन्य जिल्लाबाट अाएका नागरिकले यस जिल्लाबाट नागरिकताकाे प्रतिलिपी लिन चाहेमा जग्गाधनी प्रमाणपुर्जा, नक्शा पास प्रमाणपत्र, पानी, विजुली, टेलिफाेन अादिकाे महशुल कार्डकाे प्रमाण । ५.अन्य जिल्लाबाट नागरिकता जारी भएका नेपाल सरकारका कर्मचारीहरूले अाफ्नाे परिचयपत्र, स्थानीय वडाकाे सिफारिस र निज कार्यरत कार्यालयकाे सिफारिस । ६. सम्बन्ध विच्छेद भएका महिलाले पतिकाे नामथर हटाई माइती तर्फकाे नागरिकता लिन चाहेमा अदालतकाे फैसला र सम्बन्धित वडाबाट सम्बन्ध विच्छेदकाे घटना दर्ता प्रमाणपत्र । ७. अन्य जिल्ला वा कार्यालयबाट जारी भएका नागरिकताकाे सम्बन्धमा उक्त जिल्ला वा कार्यालयबाट नागरिकताकाे अभिलेख झिकाएर मात्र नागरिकताकाे प्रतिलिपी जारी गरिनेछ । |
रु १३ काे हुलाक टिकट | प्रमाण पुगेकै दिन । | प्र.अ. / शाखा हेर्ने ना.सु. | प्र.जि.अ. | सम्बन्ध विच्छेद भएका महिलाका लागि घटना दर्ता भएकाे मितिले ३५ दिन मात्र पछि नागरिकताकाे लागि निवेदन दिन सक्नेछन् । |
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, स्याङ्जा
Powered By: ProActive Developers