क्र.सं. | सेवा सुविधाकाे विवरण | आवश्यक कागजपत्र | लाग्ने शुल्क | लाग्ने समय | जिम्मेवार कर्मचारी वा शाखा | गुनासाे सुन्ने कर्मचारी | कैफियत |
१. | शान्तिसुरक्षा सम्बन्धी निवेदन वा जानकारी | १. निवेदन । | निवेदन भए रु १० काे टिकट | तुरुन्तै | प्र.अ. / शाखा हेर्ने ना.सु. | प्र.जि .अ. | अदालतकाे कार्यक्षेत्र वा अन्य निकायकाे अधिकार क्षेत्रकाे निवेदन वा जानकारीका सम्बन्धमा तत् तत् निकायमा जानुपर्ने । |
२. | वंशजकाे नाताले दिइने नागरिकता सम्बन्धी |
१. अनुसूची १ काे फाराममा वडा कार्यालयकाे सिफारिस २. बाबुकाे नागरिकता र विवाहित महिला भए पतिकाे नागरिकताकाे फाेटाेकपी समेत पेश गर्नुपर्ने । ३.साे नभए दाजु वा भाइ वा नजिककाे वंशज खुल्ने व्यक्तिकाे नागरिकताकाे फाेटाेकपी । ४.उपर्युक्त प्रमाणहरु पेश हुन नसकेमा वंशज खुल्ने अन्य प्रमाणहरु जस्तै लालपुर्जा अादि । ५. जन्म मिति खुल्ने एस.ई.ई./ एस.एल.सी. उत्तिर्ण गरेकाे शैक्षिक याेग्यताकाे चारित्रिक प्रमाणपत्र र लब्धांकपत्रकाे फाेटाेकपी वा जन्मदर्ताकाे फाेटाेकपी । ६. अटाे साइजकाे फाेटाे २ प्रति । नाेटः उपर्युक्त प्रमाण कागजातकाे साथै नाता खुल्ने व्यक्ति स्वयम् उपस्थित भै सनाखत गरिदिनुपर्ने । बसाईंसराई गरी अाउनेकाे हकमा निम्न लिखित थप कागजप्रमाण पेश गर्नुपर्नेः १. स्थानीय पञ्जिकाधिकारीकाे कार्यालयबाट जारी भएकाे बसाईंसराईकाे प्रमाणपत्र । २. जग्गाधनी प्रमाणपुर्जा । ३. नक्शा पास प्रमाणपत्र । ४. पानी, विजुली, टेलिफाेन अादिकाे महशुल कार्डकाे प्रमाण । |
रु १० काे टिकट | प्रमाण पुगेकै दिन | प्र.अ. / शाखा हेर्ने ना.सु. | प्र.जि.अ. | व्यक्ति र प्रमाणका सम्बन्धमा थप बुझ्नुपर्ने देखिएमा प्रहरी सर्जमिन गरिने । |
२.१ | वैवाहिक अंगिकृत नागरिकता (महिलाका लागि) |
१. अनुसूची ७ बमाेजिमकाे सम्बन्धित वडाकाे सिफारिस । २. पतिकाे नागरिकताकाे फाेटाेकपी । ३. विवाह दर्ताकाे प्रमाणपत्र । ४. विदेशी नागरिकता परित्याग गर्न कारवाही चलाएकाे प्रमाण (यसकाे नमुना फाराम डाउनलाेडमा उपलब्ध छ) । ५. पतिकाे सनाखत, पति नभएमा नजिककाे नातेदारकाे सनाखत र निजकाे नागरिकताकाे प्रमाणपत्र । ६. अटाे साइजकाे फाेटाे २ प्रति । |
रु १० काे टिकट | प्रमाण पुगकै दिन । | प्र.अ. / शाखा हेर्ने ना.सु. | प्र.जि.अ. | व्यक्ति र प्रमाणका सम्बन्धमा थप बुझ्नुपर्ने देखिएमा प्रहरी सर्जमिन गरिने । |
२.२ | कर्मचारी परिवारका लागि |
१. अनुसूची १(वंशज) अथवा अनुसूची ७ (वैवाहिक अंगिकृत) सहितकाे स्थानीय वडा कार्यालयकाे सिफारिस । २. जिल्लामा कार्यरत नेपाल सरकारकाे स्थायी कर्मचारी, सरकारी संस्थान, विश्वविद्यालय वा सामुदायिक विद्यालयमा कार्यरत स्थायी कर्मचारी /शिक्षक भएकाे प्रमाण जस्तै परिचय पत्र । २. सम्बन्धित कार्यालयबाट नागरिकताकाे लागि सिफारिस गरेकाे पत्र । ३.अटाे साइजकाे फाेटाे २ प्रति । ४. पति / पिता, बाबुअामाकाे नागरिकताककाे प्रमाणपत्र । ५. विवाहित महिला भए विवाह दर्ता प्रमाणपत्र । ६.नाता खुल्ने व्यक्ति निजकाे नागरिकता सहित स्वयम् उपस्थित भै सनाखत गर्नुपर्ने । |
रु १० काे टिकट | प्रमाण पुगेकै दिन । | प्र.अ. /शाखाकाे ना.सु. | प्र.जि.अ. | |
२.३ | नागरिकता नलिएकी सम्बन्ध विच्छेद भएकी महिलाका लागि । |
१. अनुसूची १ बमाेजिमकाे सम्बन्धित वडाकाे सिफारिस । २. बुबाअामाकाे नागरिकताकाे प्रमाणपत्र । ३.साे नभए दाजु वा भाइ वा नजिककाे वंशज खुल्ने व्यक्तिकाे नागरिकताकाे फाेटाेकपी । ४.उपर्युक्त प्रमाणहरु पेश हुन नसकेमा वंशज खुल्ने अन्य प्रमाणहरु जस्तै लालपुर्जा अादि । ५. जन्म मिति खुल्ने एस.ई.ई./ एस.एल.सी. उत्तिर्ण गरेकाे शैक्षिक याेग्यताकाे चारित्रिक प्रमाणपत्र र लब्धांकपत्रकाे फाेटाेकपी वा जन्मदर्ताकाे फाेटाेकपी । ६. अटाे साइजकाे फाेटाे २ प्रति । ७. सम्बन्ध विच्छेद भएकाे अदालतकाे फैसला । ८. सम्बन्धित वडाबाट सम्बन्ध विच्छेद भएकाे घटना दर्ता प्रमाणपत्र । |
रु १० काे टिकट | प्रमाण पुगेकै दिन | प्र.अ. / शाखाकाे ना. सु. | प्र.जि.अ. | प्रमाण कागजातकाे साथै नाता खुल्ने व्यक्ति स्वयम् उपस्थित भै सनाखत गरिदिनुपर्ने । |
२.४ | प्रतिलिपी नागरिकताकाे प्रमाणपत्रका लागि |
१. ताेकिएकाे ढाँचा अनुसारकाे वडाबाट प्रमाणित सिफारिस । २.सक्कल वा झुत्राे भएकाे नागरिकता वा नागरिकता प्रमाणपत्र नम्वर वा जारी मिति खुलेकाे प्रमाण । ३.विवाहित महिलाकाे लागि विवाह दर्ता (पति कायम गर्न ) ४. बसाईंसराई गरी अन्य जिल्लाबाट अाएका नागरिकले यस जिल्लाबाट नागरिकताकाे प्रतिलिपी लिन चाहेमा जग्गाधनी प्रमाणपुर्जा, नक्शा पास प्रमाणपत्र, पानी, विजुली, टेलिफाेन अादिकाे महशुल कार्डकाे प्रमाण । ५.अन्य जिल्लाबाट नागरिकता जारी भएका नेपाल सरकारका कर्मचारीहरूले अाफ्नाे परिचयपत्र, स्थानीय वडाकाे सिफारिस र निज कार्यरत कार्यालयकाे सिफारिस । ६. सम्बन्ध विच्छेद भएका महिलाले पतिकाे नामथर हटाई माइती तर्फकाे नागरिकता लिन चाहेमा अदालतकाे फैसला र सम्बन्धित वडाबाट सम्बन्ध विच्छेदकाे घटना दर्ता प्रमाणपत्र । ७. अन्य जिल्ला वा कार्यालयबाट जारी भएका नागरिकताकाे सम्बन्धमा उक्त जिल्ला वा कार्यालयबाट नागरिकताकाे अभिलेख झिकाएर मात्र नागरिकताकाे प्रतिलिपी जारी गरिनेछ । |
रु १३ काे हुलाक टिकट | प्रमाण पुगेकै दिन । | प्र.अ. / शाखा हेर्ने ना.सु. | प्र.जि.अ. | सम्बन्ध विच्छेद भएका महिलाका लागि घटना दर्ता भएकाे मितिले ३५ दिन मात्र पछि नागरिकताकाे लागि निवेदन दिन सक्नेछन् । |
३. | नाबालक परिचयपत्रकाे लागि . |
१. ताेकिएकाे ढाँचा बमाेजिमकाे निवेदन फाराम र सिफारिस । २. बाबु र अामाकाे सक्कलै नागरिकता र त्यसकाे फाेटाेकपी । ३. अामा बुवाकाे विवाह दर्ता प्रमाणपत्र । ४. बाबु अामासँगकाे नाता प्रमाणित । ५. बच्चाकाे जन्मदर्ता र त्यसकाे फाेटाेकपी । ६. बसाईंसराई गरी अाउनेकाे हकमा बसाईंसराईकाे प्रमाणपत्र र स्थायी बसाेबास गरेकाे खुल्ने प्रमाण जस्तै लालपुर्जा, विजुली, पानी अादिकाे महशुल कार्ड । ७. कर्मचारी परिवारकाे लागि कार्यालयकाे सिफारिस । ८. बच्चाकाे ३ प्रति पासपाेर्ट साइजकाे फाेटाेकपी । ९. सनाखत गर्नकाे लागि नाता खुल्ने परिवारकाे सदस्य वा नातेदार सक्कलै नागरिकता सहित उपस्थित हुनुपर्नेछ । १०. नाबालिक परिचयपत्र हराई वा झुत्राे भई प्रतिलिपी लिनुपर्ने भएमा सिफारिस सहितकाे निवेदन तथा सक्कलै झुत्राे तथा व्यहाेरा खुल्ने प्रमाण पेश गर्नुपर्नेछ । |
रु १० काे टिकट | प्रमाण पुगेकै दिन । | प्र.अ./ शाखा हेर्ने ना.सु. | प्र.जि.अ. | |
४. |
नाम, थर, उमेर, फरक परेकाे विवरण संशाेधन
|
१. निवेदन २. नागरिकता प्रमाणपत्रकाे सक्कल र फाेटाेकपी । ३. नेपालबाट एस.ई.ई. वा साे सरहकाे उमेर खुलेकाे प्रमाणपत्र । ४. शैक्षिक संस्थाकाे सिफारिस पत्र ५. सम्बन्धित वडाकाे सिफारिसपत्र । ६. परीक्षा नियन्त्रण कार्यालय / क्षेत्रीय शिक्षा निर्देशनालयमा व्यहाेरा सच्याउन सिफारिस गर्नुपर्दा एस.ई.ई. उत्तीर्ण गरेकाे ६ महिनाभित्र अावेदन दिइसकेकाे हुनुपर्नेछ । |
रु १० काे टिकट | प्रमाण पुगेकै दिन । | प्र.अ. / शाखा हेर्ने ना.सु. | प्र.जि.अ. | |
४.१ | कुनै व्यहाेरा प्रमाणित सम्बन्धी |
१. व्यहाेरा खुलेकाे निवेदन । २. सम्बन्धित वडाकाे सिफारिस । ३. नागरिकताकाे फाेटाेकपी र सक्कलै प्रमाणपत्र । ४. अन्य प्रमाणहरु । |
रु १० काे टिकट | प्रमाण पुगेकै दिन । | प्र.अ. / शाखा हेर्ने ना.सु. | प्र.जि.अ. | |
५. | साविककाे नाता प्रमाणितकाे प्रतिलिपी | १. नाता प्रमाणित प्रमाणपत्रकाे नम्बर र मिति खुलाई सराेकारवालाले नागरिकताकाे प्रमाणपत्रकाे प्रतिलिपी सहित निवेदन दिनुपर्नेछ । | रु १०काे हुलाक टिकट | साेही दिन | प्र.अ. / शाखा हेर्ने ना.सु. | प्र.जि.अ. | |
६. | राहदानी सम्बन्धी |
१. राहदानी अावेदन फाराम २ प्रति भरी फाेटाे समेत टाँसी स्वयम् अावेदकले सही गरी निम्न प्रमाणसाथ पेश गर्नुपर्नेः क. नागरिकताकाे सक्कल र फाेटाेकपी । ख. ४ प्रति पासपाेर्ट साइजकाे फाेटाे । ग. हस्तलिखित राहदानी हराएकाे हकमा राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित सूचना र प्रहरी प्रतिवेदन । घ. केरमेट भएकाे वा म्याद सकिएकाे भए त्यस्ताे सक्कलै राहदानी । ङ. बसाईंसराई सरी अाएकाकाे हकमा बसाईंसराईकाे प्रमाण र स्थायी बसाेबास खुल्ने जग्गाधनी / घरबासकाे प्रमाण । च. विवाह भै अाएकाे महिलाकाे हकमा विवाह दर्ता प्रमाण र पतिकाे नागरिकता । छ. कर्मचारी वा कर्मचारी परिवारकाे हकमा कार्यालयकाे सिफारिस समेत ।
|
सामान्य प्रक्रियाकाे लागि रु ५००० ।- द्रुत राहदानी सेवाकाे लागि विभागमा नै रु १०,०००।- राजश्व बुझाउनुपर्नेछ । |
राहदानी विभागबाट प्राप्त हुनासाथ । | प्र.अ. / शाखा हेर्ने ना.सु. | प्र.जि.अ. | अन्य जिल्लाबाट बसाईं सरी अाएकाे भए नागरिकताकाे अभिलेख बुझेर मात्र राहदानीका लागि सिफारिस गरिनेछ । |
६.१ | नाबालिक परिचयपत्रकाे अाधारमा राहदानी |
१. राहदानी अावेदन फाराम ३ प्रति भरी फाेटाेसमेत टाँसी निम्न प्रमाणहरु साथ पेश गर्नुपर्नेछः क. सक्कल नाबालिक परिचयपत्र र साेकाे २ प्रति फाेटाेकपी । ख. ४ प्रति पासपाेर्ट साइजकाे फाेटाे । ग. बसाईं सरी अाएकाकाे हकमा बसाईंसराईकाे प्रमाण र स्थायी बसाेबास खुल्ने जग्गाधनी / घरबासकाे प्रमाण |
सामान्य प्रक्रियाकाे लागि रु ५,००० ।- द्रुत राहदानी सेवाकाे लागि विभागमा नै रु १०,०००।- राजश्व बुझाउनुपर्नेछ । |
राहदानी विभागबाट प्राप्त हुनासाथ । |
प्र.अ. / शाखाकाे ना.सु. | प्र.जि.अ. | हराएकाे केरमेट भएकाे हकमा यस कार्यालयबाट राहदानी बनाउँदा रु १०,०००।- र राहदानी विभागबाट बनाउँदा रु १५,०००।- राजश्व बुझाउनुपर्नेछ । |
६.२ | राहदानी संशाेधन गर्नुपर्ने अवस्थामा |
जन्ममिति, नाम, थर, ठेगाना, पेशा, सम्पर्क व्यक्ति अादि जुन विषयमा संशाेधन गर्नुपर्ने हाे साेकाे प्रमाणकाे प्रतिलिपी, सक्कल राहदानी र साेकाे फाेटाेकपी पेश गरी स्वयमले याे बारेमा संसाेधन गरी पाउँ भनी निवेदन दिने । |
नियमानुसार । | साेही दिन विभागमा सिफारिस गरिने । | प्र.अ./ शाखाकाे ना.सु. | प्र.जि.अ. | हराएकाे केरमेट भएकाे हकमा यस कार्यालयबाट राहदानी बनाउँदा रु १०,०००।- र राहदानी विभागबाट बनाउँदा रु १५,०००।- राजश्व बुझाउनुपर्नेछ । |
७. | धर्मपुत्र / धर्मपुत्री सम्बन्धी प्रदान हुने सिफारिस |
१. रितपूर्वककाे निवेदन । २. धर्मपुत्र / धर्मपुत्री ग्रहण गर्न चाहने दम्पत्ति मध्ये कुनै एक स्वास्थ्य तथा शारीरिक कारणले सन्तान उत्पादन गर्न असक्षम छ भनी सम्बन्धित मुलुककाे स्वीकृत चिकित्सकले प्रमाणित गरिदिएकाे पत्र । ३. अन्य स्वास्थ्य सम्बन्धी विवरण ४. विवाह दर्ता प्रमाणपत्र । ५. पारिवारिक विवरण । ६. चारित्रिक विवरण । ७. अार्थिक स्थितिकाे विवरण । ८. विदेशीकाे हकमा राहदानी र भीसाकाे प्रतिलिपी । ९. सम्बन्धित मुलुक वा साे मुलुककाे दुताबासबाट नेपाली बालबालिका धर्मपुत्र / धर्मपुत्री ग्रहण गर्ने सहमति दिएकाे पत्र । १०. अविवाहित, सम्बन्ध विच्छेद गरेकाे, न्यायिक पृथकीकरण गरेकाे, विधुर वा विधवाकाे हकमा त्यस्ताे भएकाे अाधिकारिक प्रमाणपत्र । ११. बेवारिसे बालबालिकाकाे हकमा मान्यताप्राप्त बालगृहकाे सिफारिस तथा प्रहरी प्रतिवेदन । १२. बालबालिका धर्मपुत्र /धर्मपुत्री दिनकाे लागि अावश्यक हुने मापदण्ड बमाेजिमकाे अन्य याेग्यता पुगेकाे हुनुपर्ने । |
रू १० काे टिकट | प्रक्रिया पुगेपछि | प्र.अ. / शाखाकाे ना.सु. | प्र.जि.अ. | |
८. | हातहतियार इजाजत |
१. निवेदन । २. नागरिकताकाे प्रमाणपत्रकाे सक्कल र फाेटाेकपी । ३. सम्बन्धित वडाकाे सिफारिस । |
रू १० काे टिकट तथा हातहतियार खरखजना नियमावली बमाेजिम | प्रक्रिया पुगेपछि | प्र.अ. / शाखाकाे ना.सु. | प्र.जि.अ. | नयाँ हातहतियार लिन वा नामासारी गर्न जिल्ला सुरक्षा समितिकाे निर्णय अावश्यक हुनेछ । |
९. | हातहतियार नामासारी सम्बन्धी |
१. निवेदन, ना.प्र.पत्रकाे फाेटाेकपी तथा इजाजतपत्र र दुइपक्ष बीचकाे सम्झाैता कागज प्रमाण २. हकदार भएमा नाता खुल्ने प्रमाण । |
रू १० काे टिकट तथा हातहतियार खरखजना नियमावली बमाेजिम | प्रक्रिया पुगेपछि | प्र.अ. / शाखाकाे ना.सु. | प्र.जि.अ. | |
९.१ | हातहतियार नवीकरण सम्बन्धी |
१. सम्बन्धित व्यक्तिकाे निवेदन । २. सक्कल इजाजत पत्र । |
रू १० काे टिकट तथा हातहतियार खरखजना नियमावली बमाेजिम | प्रक्रिया पुगेपछि | प्र.अ. / शाखाकाे ना.सु. | प्र.जि.अ. | |
९.२ | हातहतियार इजाजत प्रतिलिपी सम्बन्धी |
१. सम्बन्धित व्यक्तिकाे निवेदन । २. ना.प्र.प. काे फाेटाेकपी र इजाजत नम्वर खुल्ने प्रमाण । |
रू १० काे टिकट तथा हातहतियार खरखजना नियमावली बमाेजिम | प्रक्रिया पुगेपछि | प्र.अ. / शाखाकाे ना.सु. | प्र.जि.अ. | |
९.३ | विष्फाेटक पदार्थ |
१. निवेदन । २. संस्था वा प्रतिष्ठानकाे अाधिकारिकता । ३. अन्य विषय नियमावली बमाेजिम |
रू १० काे टिकट तथा हातहतियार खरखजना नियमावली बमाेजिम | प्रक्रिया पुगेपछि | प्र.अ. / शाखाकाे ना.सु. | .प्र.जि.अ. | |
१०. | संस्था, पत्रपत्रिका तथा छापाखाना सम्बन्धी |
१. रितपूर्वककाे निवेदन । २. तदर्थ भेलाकाे निर्णय । ३. विधानकाे ४ प्रति र साेमा तदर्थ समितिकाे पदाधिकारीहरूकाे दस्तखत (विधानकाे नमूना यसै वेब साइटकाे डाउनलाेडमा हेर्नुहाेस ) ४. प्रबन्ध समितिका पदाधिकारीहरूकाे नेपाली नागरिकताकाे प्रमाणपत्र र व्यक्तिगत विवरण ५. सम्बन्धित न.पा. वा गा.पा. काे सिफारिस । |
रू १,०००।- | प्रक्रिया पुगेपछि | प्र.अ. / शाखाकाे ना.सु. | प्र.जि.अ. | |
१०.१ | संस्था नविकरण |
१. रितपूर्वककाे निवेदन । २. कार्यसमितिकाे निर्णयकाे प्रतिलिपी । ३.लेखापरिक्षणकाे प्रतिवेदन। ४. लेखापरीक्षककाे अडिटर्स इजाजतपत्र । ५. वार्षिक प्रगति विवरण । ६. कार्यक्षेत्रसँग सम्बन्धित गा.पा. / न.पा. काे सिफारिसपत्र । ७. संस्था दर्ता प्रमाणपत्रकाे सक्कल । ८. नविकरण गर्नुअघि भएकाे साधारण सभाकाे निर्णयकाे प्रतिलिपी । |
नियमानुसार । | प्रक्रिया पुगेपछि | प्र.अ. / शाखाकाे ना.सु. | प्र.जि.अ. |
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, स्याङ्जा
Powered By: ProActive Developers