Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, स्याङ्जा

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, स्याङ्जा

बिहीबार, श्रावण २८, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

प्रमुख सेवाहरु

यस शाखाकाे काम नेपाली नागरिकलाई व‌ंशजकाे अाधारमा नागिरकताकाे प्रमाणपत्र दिनु हाे । साथै विवाह दर्ता प्रमाणका अाधारमा नेपाली पुरुषसँग विवाह गरेकी विदेशी महिलालाई वैवाहिक अ‌ंगिकृत नेपाली नागरिकताकाे प्रमाणपत्र दिनु हाे  । वंशज वा वैवाहिक अ‌ंगिकृत नेपाली नागरिकता प्राप्त गर्ने केही विधि र प्रक्रिया छन्  । जसकाे लागि यस शाखाकाे निम्नानुसारकाे बडापत्र हेर्न सक्नुहुनेछ ।

१.वंशजकाे नाताले दिइने नागरिकता सम्बन्धी

१. अनुसूची १ काे फाराममा वडा कार्यालयकाे सिफारिस

२. बाबुकाे नागरिकता र विवाहित महिला भए पतिकाे नागरिकताकाे फाेटाेकपी समेत पेश गर्नुपर्ने । 

३.साे नभए दाजु वा भाइ वा नजिककाे वंशज खुल्ने व्यक्तिकाे नागरिकताकाे फाेटाेकपी ।

४.उपर्युक्त प्रमाणहरु पेश हुन नसकेमा वंशज खुल्ने अन्य प्रमाणहरु जस्तै लालपुर्जा अादि ।

५. जन्म मिति खुल्ने एस.ई.ई./ एस.एल.सी. उत्तिर्ण गरेकाे शैक्षिक याेग्यताकाे चारित्रिक प्रमाणपत्र र लब्धांकपत्रकाे फाेटाेकपी वा जन्मदर्ताकाे फाेटाेकपी ।

६. अटाे साइजकाे फाेटाे २ प्रति ।

नाेटः उपर्युक्त प्रमाण कागजातकाे साथै नाता खुल्ने व्यक्ति स्वयम् उपस्थित भै सनाखत गरिदिनुपर्ने । 

बसाई‌ंसराई गरी अाउनेकाे हकमा निम्न लिखित थप कागजप्रमाण पेश गर्नुपर्नेः 

१. स्थानीय पञ्जिकाधिकारीकाे कार्यालयबाट जारी भएकाे बसाईंसराईकाे प्रमाणपत्र ।

२. जग्गाधनी प्रमाणपुर्जा ।

३. नक्शा पास प्रमाणपत्र  ।

४. पानी, विजुली, टेलिफाेन अादिकाे महशुल कार्डकाे प्रमाण ।

रु १० काे टिकटप्रमाण पुगेकै दिनप्र.अ. / शाखा हेर्ने ना.सु.प्र.जि.अ.व्यक्ति र प्रमाणका सम्बन्धमा थप बुझ्नुपर्ने देखिएमा प्रहरी सर्जमिन गरिने ।
१.१वैवाहिक अंगिकृत नागरिकता (महिलाका लागि)

१. अनुसूची ७ बमाेजिमकाे सम्बन्धित वडाकाे सिफारिस ।

२. पतिकाे नागरिकताकाे फाेटाेकपी ।

३. विवाह दर्ताकाे प्रमाणपत्र ।

४. विदेशी नागरिकता परित्याग गर्न कारवाही चलाएकाे प्रमाण  (यसकाे नमुना फाराम डाउनलाेडमा उपलब्ध छ) ।

५. पतिकाे सनाखत, पति नभएमा नजिककाे नातेदारकाे सनाखत र निजकाे नागरिकताकाे प्रमाणपत्र ।

६. अटाे साइजकाे फाेटाे २ प्रति ।

रु १० काे टिकटप्रमाण पुगकै दिन ।प्र.अ. / शाखा हेर्ने ना.सु.प्र.जि.अ.व्यक्ति र प्रमाणका सम्बन्धमा थप बुझ्नुपर्ने देखिएमा प्रहरी सर्जमिन गरिने ।
१.२कर्मचारी परिवारका लागि 

१. अनुसूची १(वंशज) अथवा अनुसूची ७ (वैवाहिक अंगिकृत) सहितकाे स्थानीय वडा कार्यालयकाे सिफारिस ।

२. जिल्लामा कार्यरत नेपाल सरकारकाे स्थायी कर्मचारी, सरकारी संस्थान, विश्वविद्यालय वा सामुदायिक विद्यालयमा कार्यरत स्थायी कर्मचारी /शिक्षक भएकाे प्रमाण जस्तै परिचय पत्र । 

२. सम्बन्धित कार्यालयबाट नागरिकताकाे लागि सिफारिस गरेकाे पत्र ।

३.अटाे साइजकाे फाेटाे २ प्रति ।

४. पति / पिता, बाबुअामाकाे नागरिकताककाे प्रमाणपत्र ।

५. विवाहित महिला भए विवाह दर्ता प्रमाणपत्र ।

६.नाता खुल्ने व्यक्ति निजकाे नागरिकता सहित स्वयम् उपस्थित भै सनाखत गर्नुपर्ने ।

रु १० काे टिकटप्रमाण पुगेकै दिन ।प्र.अ. /शाखाकाे ना.सु.प्र.जि.अ. 
१.३नागरिकता नलिएकी सम्बन्ध विच्छेद भएकी महिलाका लागि ।

१. अनुसूची १ बमाेजिमकाे सम्बन्धित वडाकाे सिफारिस ।

२. बुबाअामाकाे नागरिकताकाे प्रमाणपत्र ।

३.साे नभए दाजु वा भाइ वा नजिककाे वंशज खुल्ने व्यक्तिकाे नागरिकताकाे फाेटाेकपी ।

४.उपर्युक्त प्रमाणहरु पेश हुन नसकेमा वंशज खुल्ने अन्य प्रमाणहरु जस्तै लालपुर्जा अादि ।

५. जन्म मिति खुल्ने एस.ई.ई./ एस.एल.सी. उत्तिर्ण गरेकाे शैक्षिक याेग्यताकाे चारित्रिक प्रमाणपत्र र लब्धांकपत्रकाे फाेटाेकपी वा जन्मदर्ताकाे फाेटाेकपी ।

६. अटाे साइजकाे फाेटाे २ प्रति ।

७. सम्बन्ध विच्छेद भएकाे अदालतकाे फैसला ।

८. सम्बन्धित वडाबाट सम्बन्ध विच्छेद भएकाे घटना दर्ता प्रमाणपत्र ।

रु १० काे  टिकटप्रमाण पुगेकै दिन प्र.अ. / शाखाकाे ना. सु.प्र.जि.अ.प्रमाण कागजातकाे साथै नाता खुल्ने व्यक्ति स्वयम् उपस्थित भै सनाखत गरिदिनुपर्ने । 
१.४प्रतिलिपी नागरिकताकाे प्रमाणपत्रका लागि 

१. ताेकिएकाे ढाँचा अनुसारकाे वडाबाट प्रमाणित सिफारिस ।

२.सक्कल वा झुत्राे भएकाे नागरिकता वा नागरिकता प्रमाणपत्र नम्वर वा जारी मिति खुलेकाे प्रमाण ।

३.विवाहित महिलाकाे लागि विवाह दर्ता (पति कायम गर्न )

४. बसाईंसराई गरी अन्य जिल्लाबाट अाएका नागरिकले यस जिल्लाबाट नागरिकताकाे प्रतिलिपी  लिन चाहेमा जग्गाधनी प्रमाणपुर्जा, नक्शा पास प्रमाणपत्र, पानी, विजुली, टेलिफाेन अादिकाे महशुल कार्डकाे प्रमाण ।

५.अन्य जिल्लाबाट नागरिकता जारी भएका नेपाल सरकारका कर्मचारीहरूले अाफ्नाे परिचयपत्र, स्थानीय वडाकाे सिफारिस र निज कार्यरत कार्यालयकाे सिफारिस ।

६. सम्बन्ध विच्छेद भएका महिलाले पतिकाे नामथर हटाई माइती तर्फकाे नागरिकता लिन चाहेमा अदालतकाे फैसला र सम्बन्धित वडाबाट सम्बन्ध विच्छेदकाे घटना दर्ता प्रमाणपत्र ।

७. अन्य जिल्ला वा कार्यालयबाट जारी भएका नागरिकताकाे सम्बन्धमा उक्त जिल्ला वा कार्यालयबाट नागरिकताकाे अभिलेख झिकाएर मात्र नागरिकताकाे प्रतिलिपी जारी गरिनेछ ।

रु १३ काे हुलाक टिकटप्रमाण पुगेकै दिन ।प्र.अ. / शाखा हेर्ने ना.सु.प्र‍.जि.अ.सम्बन्ध विच्छेद भएका महिलाका लागि घटना दर्ता भएकाे मितिले ३५ दिन मात्र पछि नागरिकताकाे लागि निवेदन दिन सक्नेछन्

अन्य जानकारी

.



कर्मचारी विवरण

पछिल्लो अपडेट गरिएको : 2083-04-27 09:26:53

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, स्याङ्जा