Turn on Accessibility Mode
Skip to main content Skip to main navigation Skip to website search Skip to website search
Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Syangja

Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Syangja

Saturday, Jestha 30, 2083

Accessibility Menu

भाषा (Website Language)

हालको भाषा अङ्ग्रेजी हो । You're viewing the website in english language

नेपाली भाषामा परिवर्तन गर्नुहोस्

Font Size

Color Mode/Filter

Protanopia (for red-weakness), Deuteranopia (for green-weakness), Tritanopia (for blue-weakness). Learn more

Bandwidth

On low bandwidth mode, images and files will not load making website faster and consumes less data Low Bandwidth

Other Tools

Dedicated accessibility mode focuses on the content than on appearance, menu flatens, sliders unfold

MRP Section 2076-05-13

राहदानी (MRP) शाखा : काेठा न‌ं‍. १०२

क्र.सं‍. सेवा सुविधाकाे विवरण आवश्यक कागजपत्र लाग्ने शुल्क लाग्ने समय जिम्मेवार कर्मचारी वा शाखा गुनासाे सुन्ने कर्मचारी कैफियत
१. राहदानी सम्बन्धी

१. राहदानी आवेदन फाराम २ प्रति भरी फाेटाे समेत टाँसी स्वयम् आवेदकले सही गरी निम्न प्रमाणसाथ पेश गर्नुपर्नेः

क. नागरिकताकाे सक्कल र फाेटाेकपी ।

ख. ४ प्रति पासपाेर्ट साइजकाे फाेटाे ।

ग. हस्तलिखित राहदानी हराएकाे हकमा राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित सूचना र प्रहरी प्रतिवेदन ।

घ. केरमेट भएकाे वा म्याद सकिएकाे भए त्यस्ताे सक्कलै राहदानी ।

ङ. बसाईंसराई सरी आएकाकाे हकमा बसाईंसराईकाे प्रमाण र स्थायी बसाेबास खुल्ने जग्गाधनी / घरबासकाे प्रमाण ।

च. विवाह भै आएकाे महिलाकाे हकमा विवाह दर्ता प्रमाण र पतिकाे नागरिकता ।

छ. कर्मचारी वा कर्मचारी परिवारकाे हकमा कार्यालयकाे सिफारिस समेत ।

 

सामान्य प्रक्रियाकाे लागि रु ५००० ।-

द्रुत राहदानी सेवाकाे लागि विभागमा नै रु १०,०००।- राजश्व बुझाउनुपर्नेछ ।

राहदानी विभागबाट प्राप्त हुनासाथ । प्र.अ. / शाखा हेर्ने ना.सु. प्र.जि.अ. अन्य जिल्लाबाट बसाईं सरी आएकाे भए नागरिकताकाे अभिलेख बुझेर मात्र राहदानीका लागि सिफारिस गरिनेछ ।
१.१ नाबालिक परिचयपत्रकाे आधारमा राहदानी

१‍. राहदानी आवेदन फाराम ३ प्रति भरी फाेटाेसमेत टाँसी निम्न प्रमाणहरु साथ पेश गर्नुपर्नेछः

क. सक्कल नाबालिक परिचयपत्र र साेकाे २ प्रति फाेटाेकपी ।

ख. ४ प्रति पासपाेर्ट साइजकाे फाेटाे । 

ग. बसाईं सरी आएकाकाे हकमा बसाईंसराईकाे प्रमाण र स्थायी बसाेबास खुल्ने जग्गाधनी / घरबासकाे प्रमाण

सामान्य प्रक्रियाकाे लागि रु ५,००० ।-

द्रुत राहदानी सेवाकाे लागि विभागमा नै रु १०,०००।- राजश्व बुझाउनुपर्नेछ ।

राहदानी विभागबाट प्राप्त हुनासाथ ।

 प्र.अ. / शाखाकाे ना.सु. प्र‍.जि.अ. हराएकाे केरमेट भएकाे हकमा यस कार्यालयबाट राहदानी बनाउँदा रु १०,०००।- र राहदानी विभागबाट बनाउँदा रु १५,०००।- राजश्व बुझाउनुपर्नेछ ।
१.२ राहदानी संशाेधन गर्नुपर्ने अवस्थामा

जन्ममिति, नाम, थर, ठेगाना, पेशा, सम्पर्क व्यक्ति आदि जुन विषयमा संशाेधन गर्नुपर्ने हाे साेकाे प्रमाणकाे प्रतिलिपी, सक्कल राहदानी र साेकाे फाेटाेकपी पेश गरी स्वयमले याे बारेमा संसाेधन गरी पाउँ भनी निवेदन दिने ।

नियमानुसार । साेही दिन विभागमा सिफारिस गरिने । प्र.अ./ शाखाकाे ना.सु. प्र.जि.अ. हराएकाे केरमेट भएकाे हकमा यस कार्यालयबाट राहदानी बनाउँदा रु १०,०००।- र राहदानी विभागबाट बनाउँदा रु १५,०००।- राजश्व बुझाउनुपर्नेछ ।


Last Updated : 2083-02-28 15:25:55

© All Rights Reserved to District Administration Office, Syangja .