Turn on Accessibility Mode
Skip to main content Skip to main navigation Skip to website search Skip to website search
Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Syangja

Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Syangja

Sunday, Ashoj 04, 2083

Accessibility Menu

भाषा (Website Language)

हालको भाषा अङ्ग्रेजी हो । You're viewing the website in english language

नेपाली भाषामा परिवर्तन गर्नुहोस्

Font Size

Color Mode/Filter

Protanopia (for red-weakness), Deuteranopia (for green-weakness), Tritanopia (for blue-weakness). Learn more

Bandwidth

On low bandwidth mode, images and files will not load making website faster and consumes less data Low Bandwidth

Other Tools

Dedicated accessibility mode focuses on the content than on appearance, menu flatens, sliders unfold

Introduction of Office

स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम स्याङ्जा जिल्लाको शान्ति सुरक्षा अमनचयन कायम गर्न तथा जिल्लास्थित अन्य कार्यालयहरूसँग समन्वयकारी भूमिका निर्वाह गर्दै विकास तथा सुशासन कायम गर्ने जिम्मेवारीका साथ वि.सं. २०२८ सालमा स्थापना भै निरन्तररूपमा संचालन हुँदै आएको निकाय जिल्ला प्रशासन कार्यालय स्याङ्जा हो । मुख्यतया यस कार्यालयले नेपाल सरकार कार्यविभाजन नियमावली २०७४ ले निर्दिष्ट गरेका गृह प्रशासनका सम्पूर्ण अधिकार क्षेत्र भित्र रहेर काम गर्दै अएको छ । जसमा संघ, प्रदेश र स्थानीय तहहरू बीच समन्वय र सुरक्षा प्रबन्ध, अपराध रोकथाम तथा नियन्त्रण, दैनिक रूपमा नियमानुसार नागरिकता तथा राहदानी वितरण, हातहतियार तथा खरखजना, सार्वजनिक सम्पत्तिको संरक्षण, जुवाजन्य कृयाकलापको नियन्त्रण, लागु औषध नियन्त्रण, विपद व्यवस्थापन, अत्यावश्यक वस्तु तथा सेवा आपूर्ति तथा बजार अनुगमन, सरकारी साधनको समुचित प्रयोगको व्यवस्था मिलाउने र अन्य आकस्मिक सम्पूर्ण कार्यहरु सम्पादन गर्दै आएको छ ।

जिल्ला प्रशासन जिल्लाकाे प्रमुख कार्यालय हाे । याे जिल्लास्तरमा रहेकाे केन्द्र सरकारकाे प्रमुख प्रतिनिधिमूलक कार्यालय हाे । यस कार्यालयका कार्यहरु र कार्यक्षेत्रहरू  असिमित रहेका हुन्छन्। जिल्लाकाे शान्तिसुरक्षा कायम गर्नु यस कार्यालयकाे प्रमुख कार्य हाे । जिल्लामा संविधान, ऐन, नियम, कानुनकाे संरक्षण तथा पालना गराउने, जनताकाे गुनासाे सुन्ने, तीनकाे निराकरण गर्ने, चाेरी, ठगी नियन्त्रण गर्ने, सार्वजनिक अपराध नियन्त्रण गर्ने साथै दैवी प्रकाेप व्यवस्थापन, कालाेबजार नियन्त्रण तथा आवश्यक कानूनी कारवाही गर्ने लगायत नागरिकता वितरण, नाबालक परिचयपत्र,  पासपाेर्ट वितरण, दुई नामथर, दुई जन्ममिति, दलित, जनजाति, मुस्लिम, खसआर्य प्रमाणित, संस्था दर्ता, नविकरण, हातहतियारकाे नामासारी, नविकरण आदि पर्दछन् । 

यस कार्यालयका कार्यहरू र सम्बन्धित एेन, नियम, निर्देशिका र कार्यविधिः

१. स्थानीय प्रशासन ऐन, २०२८

२‍‌‍.  नेपाल नागरिकता ऐन, २०६३

३‍. दैवी प्रकाेप उद्दार ऐन २०३९

४. लागु ‌औषध (नियन्त्रण) ऐन २०३३

५‍. हातहतियार तथा खरखजना ऐन २०१८

६. अावश्यक पदार्थ नियन्त्रण (अधिकार) ऐन २०१७

७. अावश्यक वस्तु संरक्षण ऐन २०१२

८. केही सार्वजनिक (अपराध र सँजाय) ऐन २०२७

९‍. भ्रष्टाचार निवारण ऐन २०५९

१०. अख्तियार दुरुपयाेग अनुसन्धान आयाेग ऐन, २०५९

११. राहदानी ऐन २०२४

१२. सार्वजनिक सुरक्षा ऐन २०४६

१३. संस्था दर्ता ऐन २०३४

१५. उपभाेक्ता संरक्षण ऐन २०५४

१६. जग्गा प्राप्ति ऐन २०३४

१७. सुशासन (व्यवस्थापन र संचालन) ऐन, २०६४

१८. सूचनाकाे हक सम्बन्धी ऐन, २०६४

१९. सूचनाकाे हक सम्बन्धी नियमावली २०६५

२०. नेपाल नागरिकता नियमावली २०६३

२१. राहदानी नियमावली २०६७

२२. संस्था दर्ता नियमावली २०३४

२३. हातहतियार तथा खरखजना नियमावली २०२८

२४. सुशासन (व्यवस्थापन र संचालन) नियमावली, २०६५

२५. विपद्  जाेखिम न्युनिकरण र व्यवस्थापन ऐन, २०७४

२६. विपद् जाेखिम व्यवस्थापन राष्ट्रिय रणनीति, २०६६

२७. गृह प्रशासन सुदृढिकरण याेजना, २०६८

२८. निजामति सेवा ऐन, २०४९

२९. निजामति सेवा नियमावली, २०५०

३०. कार्यस्थलमा हुने याैनजन्य हिंसा निवारण ऐन, २०७४

३१. कालाे बजार र केही अन्य सामाजिक अपराध र संजाय ऐन, २०३२

३२. खाद्य ऐन, २०२३

३३. जलचर संरक्षण ऐन, २०१७

३४. बालबालिकासम्बन्धि ऐन, २०४८ र नियमावली

३५. नागरिकता प्रमाणपत्र वितरण कार्यविधि निर्देशिका, २०६८

३६. विपद् पूर्वतयारी र प्रतिकार्य याेजना तर्जुमा मार्गनिर्देशन, २०६८

३७. प्रकाेप पिडित उद्दार र राहत सम्बन्धी मापदण्ड, २०६४

३८. गृह मन्त्रालय र अन्तर्गत कार्यरत कर्मचारीहरूकाे आचारसंहिता, २०६९

 

 

 

 

 


Last Updated : 2083-06-02 11:46:58

© All Rights Reserved to District Administration Office, Syangja