Turn on Accessibility Mode
Skip to main content Skip to main navigation Skip to website search Skip to website search
Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Syangja

Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Syangja

Tuesday, Shravan 19, 2083

Accessibility Menu

भाषा (Website Language)

हालको भाषा अङ्ग्रेजी हो । You're viewing the website in english language

नेपाली भाषामा परिवर्तन गर्नुहोस्

Font Size

Color Mode/Filter

Protanopia (for red-weakness), Deuteranopia (for green-weakness), Tritanopia (for blue-weakness). Learn more

Bandwidth

On low bandwidth mode, images and files will not load making website faster and consumes less data Low Bandwidth

Other Tools

Dedicated accessibility mode focuses on the content than on appearance, menu flatens, sliders unfold

FAQ

 

राष्ट्रिय परिचयपत्र भनेको के हो ?

  • राष्ट्रिय परिचयपत्र भनेको नागरिकहरूको वैयक्तिक (Demographic) तथा जैविक (Bio metric) विवरण समाबेस भएको विद्युतीय चिप्स र सुरक्षण सहितको स्मार्ट कार्ड प्रविधिमा आधारित राष्ट्रिय पहिचानको बहुउपयोगी प्रमाणपत्र हो।

राष्ट्रिय परिचयपत्र नम्बर भनेको के हो ?

  • प्रत्येक व्यक्तिको पहिचानको लागि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट प्रदान गरिने १० अंकको नदोहोरिने युनिक नम्बरलाई नै राष्ट्रिय परिचयपत्र नम्बर  भनिन्छ।

राष्ट्रिय परिचयपत्र किन आवश्यक छ ?

  • नेपाल सरकारबाट नेपाली नागरिकहरुका लागि प्रदान गरिने जुनसुकै सेवा सुविधा प्राप्त गर्न वा त्यस्तो सेवा सुविधाको माग गर्दा परिचयपत्र पेश गर्नुपर्छ । साथै, यसलाई सार्वजनिक सेवा प्राप्तिको मुख्य आधार तथा व्यक्तिको पहिचानको प्रमाणको रुपमा मान्यता दिइने भएकोले राष्ट्रिय परिचयपत्र कार्ड आवश्यक छ ।

राष्ट्रिय परिचयपत्रका लागि कुन कुन कागजातहरु आवश्यक पर्दछन् ?

  • राष्ट्रिय परिचयपत्रका लागि https://enrollment.donidcr.gov.np/PreEnrollment/ मा गई भरिएको अनलाईन आवेदनको प्रिन्ट तर २०८३ बैशाख ०१ गते पश्चात नयाँ नागरिकता प्रमणपत्र लिएकाको हकमा उक्त फारम भर्नु नपर्ने । सिधै नागरिकता बनाउँदाको अनुसूची फाराम प्रयोग हुने ।
  • नेपाली नागरिकताको सक्कल प्रमाणपत्र,
  • बसाईसराई गरी आएको हकमा बसाईसराईको सक्कल प्रमाणपत्र (नागरिकतामा उल्लेख भएको स्थायी ठेगाना भन्दा फरक ठेगाना भएमा),
  • विवाहितको हकमा नागरिकतामा पति वा पत्नीको नाम खुलेको भएमा सोहि प्रमाणपत्र अन्यथा विवाह दर्ता, विवाह प्रमाणित/नाता प्रमाणितको सक्कल प्रमाणपत्र,
  • नागरिकताको प्रमाणपत्रमा जन्म मिति नखुलेको हकमा जन्म मिति खुल्ने आधिकारिक प्रमाण (जन्म दर्ता, शैक्षिक प्रमाण पत्र, राहदानी, नेपाल सरकारको सरकारी सेवा बाट निवृत्त भएको हकमा पेन्सन पट्टा),

राष्ट्रिय परिचयपत्र पाउन कस्तो योग्यता चाहिन्छ ?

  • १६ वर्ष उमेर पुरा भई नेपाली नागरिकताको प्रमाणपत्र लिएका व्यक्तिले राष्ट्रिय परिचयपत्र प्राप्त गर्न सक्छन् ।

राष्ट्रिय परिचयपत्रमा कस्ता कस्ता विवरण राखिन्छ ?

राष्ट्रिय परिचयपत्रमा नागरिकका देहायका विवरण राखिन्छः

  • बैयक्तिक विवरणहरुः नाम¸ थर¸ जन्म मिति¸ लिङ्ग¸ आमा बाबुको नाम¸ ठेगाना- स्थायी र अस्थायी¸ नागरिकता नम्बर¸ नागरिकताको किसिम¸ पति/पत्नीको नाम¸ बाजे¸ बज्यैको नाम¸ राष्ट्रियता¸ फोन नम्बर, मोबाइल नम्बर र परिचयपत्र नम्बर।
  • जैविक विवरणः  औंला छाप (१० वटा औंला)¸ आँखाको Iris, फोटो¸ विद्युतीय हस्ताक्षर।

राष्ट्रिय परिचयपत्र कार्ड छापिएपछि कहाँबाट प्राप्त गर्ने ?

  • राष्ट्रिय परिचयपत्र कार्ड छपाई भएपछि तपाईंले आवेदन दर्ता गर्दाको समयमा राख्नु भएको मोवाइलमा छपाई भएको र सङ्कलन गर्न आउने वेहोरा सहितको SMS प्राप्त हुन्छ। SMS आएपछि परिचयपत्रका लागि विवरण जहाँ दर्ता गराएको हो सोहि स्थानबाट कार्ड लिनुपर्छ।

राष्ट्रिय परिचयपत्र कार्ड लिन स्वयम् उपस्थित हुनुपर्छ ?

  • राष्ट्रिय परिचयपत्र कार्ड वितरण गर्दा सम्बन्धित व्यक्तिको जैविक विवरण (Biometric Data) प्रमाणित गर्नुपर्ने भएकाले अनिवार्य स्वयम् उपस्थित हुनैपर्छ।

राष्ट्रिय परिचयपत्रमा राखिएको विवरण त्रुटी भएमा कसरी सच्याउन सकिन्छ ?

  • राष्ट्रिय परिचयपत्रमा उल्लेखित विवरण त्रुटी भएमा वा विवरण थपघट गर्नु परेमा सम्बन्धित व्यक्तिले त्यस्तो विवरण सच्याउन वा थपघट गर्न राष्ट्रिय परिचयपत्र बनिसकेपछि तोकिए बमोजिमको ढाँचामा जिल्ला प्रशासन कार्यालय वा ईलाका प्रशासन कार्यालयमा रहेको विवरण दर्ता स्टेशनमा गई निबेदन दिई विवरण सच्याउन सकिनेछ । यसरी विवरण सच्याउँदा परिचयपत्र नम्बर परिवर्तन हुँदैन।
  • विवरण के कति कारणले फरक परेको हो सोको तथ्य पुष्टी हुने थप कागजातहरु ।

साविकमा नेपाली नागरिक रहेको हाल अन्य मुलुकको नागरिकता र राहदानी लिई बाह्य मुलुकको राष्ट्रियता ग्रहण गरेको भए के हुन्छ ?

  • हाल यस्तो अवस्थामा राष्ट्रिय परिचयपत्र बनाउने स्पष्ट कानूनी आधार नभएकोले बनाउने गरेको छैन।

गैर आवासीय नेपाली नागरिकता प्रमाणपत्र लिएका पूर्व नेपाली नागरिकले राष्ट्रिय परिचयपत्र पाउँछन ? 

  • यसको सम्बन्धमा प्रचलित कानूनमा कुनै स्पष्ट व्यवस्था नभएकोले राष्ट्रिय परिचयपत्र (NID Card) दिने गरिएको छैन ।

राष्ट्रिय परिचयपत्र हराएमा, विग्रिएमा वा नष्ट भएमा अर्को परिचयपत्र लिन सकिन्छ कि सकिदैन ?

  • राष्ट्रिय परिचयपत्र हराएमा, नासिएमा, विग्रिएमा, काम नलाग्ने भएमा वा कुनै कारणबाट प्रयोगमा आउन नसक्ने भएमा सोको कारण सहित सम्बन्धित जिल्ला प्रशासन कार्यालय वा विवरण दर्ता स्टेशन रहेका ईलाका प्रशासन कार्यालयमा निवेदन दिएमा अभिलेख रूजु गरी राष्ट्रिय परिचयपत्रको प्रतिलिपी उपलब्ध गराउने प्रकृया अगाडी बढाइन्छ ।

कुन अवस्थामा राष्ट्रिय परिचयपत्र रद्द हुन्छ ?

निम्न अवस्थामा राष्ट्रिय परिचयपत्र रद्द हुनेछ:

  • झुट्टा विवरण पेश गरी परिचयपत्र लिएमा,
  • राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन, २०७६ विपरित परिचयपत्र लिएमा,
  • परिचयपत्र प्राप्त गरेको व्यक्ति नेपालको नागरिक नरहेमा।

राष्ट्रिय परिचयपत्रको कार्ड सहितको विवरण कसरी डाउनलोड गर्ने ?

  • राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले सञ्चालन गरेको https://citizenportal.donidcr.gov.npमा जाने ।
  • त्यस पश्चात Download eNID मेनुमा जाने ।
  • माग भए बमोजिम नामथर (अंग्रेजी र नेपाली), जन्ममिति (वि.सं), नेपाली नागरिकता प्रमाणपत्र जारी मिति (वि.सं) र देखिएको क्याप्चा राखी Search Option मा क्लिक गर्ने ।
  • तत् पश्चात प्राप्त निर्देशन बमोजिम DONIDCR बाट मोबाइलमा प्राप्त OTP कोड राखी कार्ड सहितको विवरण डाउनलोड गर्ने ।
  • डाउनलोड पश्चात आफ्नो नामको अगाडीको ४ अक्षर (English Block Letter) र जन्ममितिको सालको ४ अंक Password राखी डाउनलोड गरिएको राष्ट्रिय परिचयपत्र कार्ड हेर्न सकिने ।

१. नेपालमा कति प्रकारका नागरिकता पाइन्छ ?

  •  वंशज
  • अंगिकृत / वैवाहिक अंगिकृत
  • गैह्र आवासीय
  • सम्मानार्थ

१. राहदानी बनाउन कति राजश्व तिर्नुपर्दछ ?

   क‍. १० वर्ष भन्दा मुनीका बालबालिकाको हकमा रु २५०० को राजश्व बुझाउनुपर्दछ ।

   ख. १० वर्ष भन्दा माथिका सबै नागरिकहरुमा लागि रु ५००० को राजश्व बुझाउनुपर्दछ ।

२.  राहदानीको Validity कति हुन्छ ?

    क‍. १० वर्ष भन्दा मुनीका बालबालिकाले प्राप्त गर्ने राहदानीको मान्यता ५ वर्ष मात्र हुन्छ ।

    ख. १० वर्ष भन्दा माथिका सबै नागरिकहरुले प्राप्त गर्ने राहदानीको मान्यता १० वर्ष हुन्छ ।


Last Updated : 2083-04-17 14:09:22

© All Rights Reserved to District Administration Office, Syangja