Government of Nepal Logo
नेपाल सरकार
गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, स्याङ्जा

स्याङ्जा

Visit Nepal 2020 - Ministry of Home Affairs

राष्ट्रिय परिचयपत्रको शुरुवात

1 महिना अगाडी

2076-04-08


मिति २०७६।३।३१ गते देखि यस जिल्लामा पनि राष्ट्रिय परिचयपत्रको विवरण दर्ता गर्ने कार्यको शुरुवात गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख सिता कुमारी सुन्दासले आफ्नो जैविक तथा वैयक्तिक विवरण दिंदै यस कार्यको शुभारम्भ गर्नु भएको थियो । जिल्ला प्रशासन कार्यालयको ३ वटा विवरण सङ्कलन इकाइ मार्फत विवरण सङ्कलन कार्य भैरहेको छ । ५ बर्ष भित्र सबै नेपालीलाई राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने नेपाल सरकारको योजना अनुरुप यो कार्यक्रमको थालनी गरिएको हो । गत आ.व. मा १५ वटा जिल्लामा यसको शुरुवात गर्ने कार्यक्रम रहेको थियो । सोही कार्यक्रमलाई २०७६।३।३१ देखि शुरु गरिएको हो 

चिप सहितको यो परिचयपत्र व्यक्ति पहिचानको महत्वपूर्ण आधार हुनेछ । यसमा व्यक्तिको फोटो, दशै औलाको औंठा छाप, विद्युतीय हस्ताक्षर जस्ता जैविक विवरणका साथै नाम, जन्म मिति, अस्थायी/स्थायी ठेगाना,  बाबु, आमा, हजुरबा र पति वा पत्निको नाम, जात, धर्म, लिङ्ग, शैक्षिक योग्यता जस्ता वैयक्तिक विवरण हुनेछन् ।