Government of Nepal Logo
नेपाल सरकार
गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, स्याङ्जा

स्याङ्जा

Visit Nepal 2020 - Ministry of Home Affairs

सेवाग्राही महानुभावहरुसँग अनुरोध

2 महिना अगाडी

2076-02-23


  • जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने कुनै पनि सेवा वापत सेवाग्राहीले अतिरिक्त शुल्क तिर्नु पर्दैन । शुल्क तिरेपश्चात् अनिवार्य रुपमा बिल वा रसीद माग्नु पर्दछ ।
  • कार्यालयको कामका लागि कोही कसैलाई चिन्न, भनसुन गराउन वा सोर्स लगाउन जरूरी छैन ।
  • हामी सबै नागरिकलाई विना भेदभाव पालैपालो ( पहिले आउनेलाई पहिले सेवा दिने गरी ) सेवा उपलब्ध गराउछौ । आफ्नो पालो पर्खेर हामीलाई सहयोग गरिदिनु हुनेछ भन्ने आशा गर्दछौ ।
  • यस कार्यालयका कर्मचारीसँग राम्रो सम्बन्ध छ भनी काम मिलाई वा गरी दिन्छु भन्दै बिचौलियाको काम गर्ने व्यक्तिहरुको विश्वास नगर्नुहोस । यदि कसैले त्यस्तो गरेमा कार्यालयका अधिकृतहरुलाई जानकारी दिनुहोस ।
  • कामसँग सम्बन्धित कागजपत्रहरु असम्बन्धित व्यक्तिहरुलाई नदिनुहोस । आफ्नो  समस्या आफै निर्धक्कसाथ भन्नुहोस ।
  • कार्यालयका कर्मचारीहरु कानूनबमोजिम तपाईको सेवा गर्न हरदम प्रयत्नशील रहेका छन् । तपाईको सन्तुष्टि हाम्रो पनि सन्तुष्टि हो । 
  • स्थानीय तह वा अन्य निकायबाट सिफारिस भै आएका वा लेखिआएका काममा थप निवेदन जरुरी छैन ।
  • हामी ज्येष्ठ नागरिक, अपाङ्ग, अशक्त र बालबालिकाका लागि प्राथमिकताकासाथ सेवा उपलब्ध गराउछौ ।
  • कुनै समस्या परेमा हेल्प डेस्कमा सम्पर्क गर्नुहोस । कार्यालयका कर्मचारीले कुनै काम अनावश्यक रुपमा ढीला गरिदिएमा वा अन्य कुनै गुनासो भएमा गुनासो सुन्ने अधिकारी वा प्रमुख जिल्ला अधिकारीसँग सम्पर्क गर्न सक्नु हुनेछ ।
  • कार्यालयको वेवसाइट daosyangja.moha.gov.np, फेसबुक पेज daosyangja वा ट्वीटर ह्याण्डल @daosyangja मा पनि हाम्रा सूचनाहरु तथा अन्य जानकारीमूलक सामग्रीहरु छन् । नागरिक बडापत्रमा सबै कामको विवरण छ । प्रजिअको फोन नं. ९८५६०४७७७७ मा समेत आफ्ना समस्याहरु राख्न सक्नु हुनेछ ।
  • हामी सदैव तपाईको राय सुझावको अपेक्षा गर्दछौ ।