Government of Nepal Logo
नेपाल सरकार
गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, स्याङ्जा

स्याङ्जा

Visit Nepal 2020 - Ministry of Home Affairs

गत आ‍.व. २०७५। ०७६  मा अन्य आ.व. मा भन्दा धेरै सेवा प्रवाह भएको तथ्याङ्कले देखाउँछ । अन्य वर्षहरुमा भन्दा धेरैपटक बजार अनुगमन, सरकारी तथा गैह्र सरकारी कार्यालयहरु अनुगमन, विकास याेजनाहरू अनुगमन गरिएका थिए । त्यस्तै विभिन्न ठाउँमा भएका प्रहरी चाैकीकाे भाैतिक संरचनाहरूको अवस्था र आवश्यकता सम्बन्धमा पनि धेरैपटक अवलाेकन तथा अनुगमन गरिएकाे थियाे । जिल्लाकाे शान्ति सुरक्षामा व्यापक सुधार  भएकाे छ । जिल्लामा कालाेबजारी नियन्त्रणका लागि गरिएका बजार तथा उद्याेग अनुगमन उल्लेखनीय रहे । जनतालाई सार्वजनिक सेवा प्रवाह सहज बनाउन धेरैपटक विभिन्न ठाउँमा आफ्नै पहलमा र पालिकाहरुकाे सहयाेगमा सेमिनार र गाेष्ठी आयाेजना गरिएकाे थियाे ।  गत आ.व.मा धेरैपटक घुम्ति शिविर संचालन गरी दुरदराजका जनतालाई आफ्नै घरदैलोमा सेवा प्रवाह गरिएकाे थियाे । 

हामीले गरेको असल अभ्यासहरुः-

  • कार्यालय परिसरमा नै हुलाक टिकट बिक्रीको व्यवस्था मिलाइएको ।
  • सबै प्रकारका राजश्व कारोबार बैंकिङ्ग प्रणाली मार्फत गर्ने गरिएको ।
  • कार्यालयको Website नियमित update गर्ने गरिएको । Facebook, Twitter जस्ता सामाजिक संजालको प्रयोग  गरिएको ।
  • कार्यालयमा गत आ.व.मा कुनै बेरुजु नरहेको ।
  • 2070/071 साल सम्मको धरौटी रकम मध्ये रु 24,८९,०९६।01 सदर स्याहा गरी राजश्व दाखिला गरिएको ।
  • यस कार्यालयमा रहेका पुराना नागरिकताहरुको कम्प्युटर प्रविष्टि गर्ने कार्य सकिएको ।
  • जिन्सी लिलाम समयमै सकिएको ।
  • कार्यालय परिसरमा विचौलिया र लेखन्दासलाई प्रवेश पूर्ण रोक लगाइएको ।

 


मिति बार्षिक प्रगति विवरण विवरण फाईलहरु एक्सन
2076-05-15 वार्षिक प्रगति विवरण आ.व. २०७५।।०७६
19 दिन अगाडी