नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला प्रशासन कार्यालय,
स्याङ्गजा


जिल्ला प्रशासन कार्यालय स्याङ्जा

कार्यालय परिसर१.परिचय 
नेपालकाे पश्चिमाञ्चल विकास क्षेत्रकाे गण्डकी अञ्चल अन्तर्गत पर्ने स्याङ्जा जिल्ला एक पहाडी जिल्ला हो । यस जिल्लाको सदरमुकाम समुद्री सतहबाट ८५० मीटर उचाइमा रहेको स्याङ्जा बजार हो । यो जिल्ला समुद्र सतहबाट न्युनतम ३६६ मीटर (केलादी) देखि अधिकतम २,५१२ मीटर (पञ्चासेको लेक) सम्म उचाइमा रहेको छ । यस जिल्लाको पूर्वमा तनहुंले, पश्चिममा गुल्मीले, उत्तरमा पर्वत र कास्कीले र दक्षिणमा कालीगण्डकी नदीसंग पाल्पा जिल्लाले सिमाना छुट्याएको छ । स्याङ्जा जिल्लालाई सुनौली पोखरा जोड्ने सिद्धार्थ राजमार्गले करिब बीचबाट पूर्व र पश्चिम गरी विभाजन गरेको छ । मुग्लिङ नारायणगढ सडक निर्माण नहुंदै सुनौली—पाल्पा—स्याङ्जा—पोखरा—काठमाडाै‌ सम्म पुग्ने नेपालको मुख्य लोकमार्गको रुटमा रहेको स्याङ्जा जिल्लामा हाल ७९ कि.मी. पक्की सिद्धार्थ लोकमार्ग भित्र यातायात संचालन हुंदै आएको छ । त्यसैले यातायातको दृष्टिकोणले स्याङ्जा सुगम पहाडी जिल्ला भित्र पर्दछ । हाल स्याङ्जा नेपालको सबै भन्दा ठूलो जल विद्युत परियोजना—कालीगण्डकी ए (१४४ मेगावाट), सबैभन्दा ठूलो पहाडी सिंचाई योजना—चापाकोट टार सिंचाई योजना (१००० हेक्टर), नेपालको पहिलो नमुना ग्रामीण पर्यटन गाउ“ पञ्चमूलको सिरुबारी, नेपाल कै नमुना मानिने पाल्पा र स्याङ्जाको सिमानासंग जोड्ने कालीगण्डकी नदी माथि रहेको राम्दीको पुल र दूध, सुन्तला, अदुवा र कफी उत्पादन गर्ने जिल्लाको रुपमा आफ्नो पहिचान स्थापित गरिसकेको छ । राष्ट्रिय जनगणना २०६८ अनुसार स्याङ्जामा २,८९,१४८ जना मानिसहरु अक्सर बसोबास गरेका छन् । यो जिल्लाले नेपालको क्षेत्रफलको ०.७९ प्रतिशत र जनसंख्याको १.०९ प्रतिशत अंश ओगटेको छ । ७५ जिल्ला मध्ये स्याङ्जा क्षेत्रफलमा ६४औं र जनसंख्यामा ३३औंं स्थानमा रहेको छ ।
२. ऐतिहासिक परिचय
विभिन्न अभिलेख र जानिफकार व्यक्तिहरुको कथन समेतको आधारमा स्याङ्जा जिल्लालाई प्रागः ऐतिहासिक कालमा भृगु ऋषिको तपस्यास्थल (हालको चण्डीभञ्ज्याङ्ग गाविसको भृगतुम), श्रवण कुमार र अन्धाअन्धीको किंवदन्तीसंग जोडिएको आँधीखोलाको उद्गमस्थल अन्धाअन्धी दह र स्वस्थानी ब्रतकथामा उल्लेख भए अनुसार सती देवीको शेषअंग पतन भएको छाङ्छाङ्दीको छाँया क्षेत्र आदिको भौगोलिक स्वरुपमा लिन सकिन्छ । प्राचीन कालमा हालको स्याङ्जा जिल्लाको भूबनोट दक्षिण र दक्षिण पश्चिमको पवित्र धार्मिक नदी कालीगण्डकी किनारका सेतीबेणी, रुरु क्षेत्र, केलादीघाट, राम्दीघाट, छाँया क्षेत्र हुँदैं उत्तर पञ्चासेधाम (बालाचतुर्दशीका दिन मेला लाग्ने स्थान) वरिपरिको धार्मिक पवित्रस्थल भनी शास्त्रहरुमा उल्लेख भएको पाइन्छ । प्राकृतिक, सांस्कृतिक र मनोरम दृश्यहरुबाट सौन्दर्यित स्याङ्जा जिल्लाले, नेपाल एकीकरण पूर्व चौबिसे राज्य अन्तर्गत छ टुक्रे रजौटाहरु गह्रौं, भीरकोट, सताै‌, नुवाकोट, ढोर र पैंयुले आफ्नो ऐतिहासिक पहिचान बोकेको छ । ढोर र पैंयुको धेरै जसो भूभाग क्रमशः तनहुँ र पर्वतमा विलय भएपछि बाँकी चार रजौटाबाट शासित भूभाग नै आधुनिक स्याङ्जा जिल्लाको पहिचान बनेर रहेको छ । यस जिल्लाको क्षेत्रफल ११६४ वर्ग कि.मी.  रहेको छ ।

३. भाैगाेलिक परिचयः

भूगोलमा यो जिल्ला पूर्वी  देशान्तरः ८३°२७" देखि ८४º ४६" सम्म तथा उत्तरी अक्षांसः २७º ५२" देखि २८º १३" सम्म रहेको छ । पूर्व ـ पश्चिम लम्बाइ २२.५०८ देखि ५२.३५५ कि.मी. सम्म रहेको र पूर्व पश्चिम लम्बाइ औसतमा ३२ कि.मी. रहेको छ । उत्तर ـ दक्षिण चौडाई २.७७३ देखि ३७.८३९ कि.मी. सम्म र सरदर चौडाइ २० कि.मी. रहेको छ ।

  यससंग साथै जोडीएका विवरणहरु

No file found

© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय